प्रदेश पदाधिकारीहरुको तलब कति ? (सूचीसहित)


 


काठमाडौं, फागुन ५
सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। अन्नपूर्णमा खबर छ ।

यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्।

त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन्।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ।

विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ। प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ।

यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ।

यस्तो छ प्रदेश पदाधिकारीको सेवा सुविधा

मुख्यमन्त्री

तलब :६०९७०

फर्निचर:१५०००

धारा, सञ्चार : बीलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता : २५ सय

सवारीसाधन

मन्त्री

तलब :५२०००

फर्निचर:१५ हजार

धारा, बिजुली र सञ्चार : बीलअनुसार

आवास स्मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार

सवारीसाधन

सभामुख

तलब :५३ हजार

फर्निचर :१५ हजार

बैठक भत्ता:७५०

यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख

तलब :५० हजार

बैठक भत्ता :७५०

सञ्चार सुविधा स्मासिक १५ सय

आवास सुविधा स्मासिक १२ हजार

फर्निचर :१५ हजार

यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब :४५ हजार

आवास सुविधा :१२ हजार

फर्निचर सुविधा १५ हजार पाँच

वर्षमा एकपटक, यात्रा बिमा १० लाख

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्