बालिकालाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ


 


सप्तरी, फागुन ५

सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।

खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

गत माघ २५ गते घरमा कोही नभएको बेला आफ्नो नजिकको नातामा बहिनी पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरको प्रहरीको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्