सेल्फी डाँडामा जीप दुर्घटना, चार जनाको मृत्यु


 


सिन्धुली, फागुन ५
सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फी डाँडामा हिजो साँझ जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन्।

बीपी राजमार्ग अन्तरगत पर्ने सडकमा सदरमुकाम सिन्धुलीमाढीबाट गोलन्जोर गाउँपालिका ५ नाकाजोलीतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा सिन्धुलीको गोलनजोर गाउँपालिका ५ विजयछापका लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाउँपालिका ५ चिसापानीका युवराज लुङ्गेली, प्रकाश थापा र रोशन कार्कीको मृत्यु भएको हो। देवकोटा पूर्वगाविस सचिव हुन्।

घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। उनीहरुलाई सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

क्षमताभन्दा बढी यात्रु चढाएर तिव्र गतीमा रहेको बोलेर सडकको मोडबाट करिब ७ सय मिटर तल खोंचमा खसेको थियो । रातको समय भएकाले घाइतेको उद्धारमा समस्या भएको प्रहरीको भनाइ छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका हुन्।

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्