मुख्यमन्त्री गुरुङले सपथ लिए, दुई सदस्यीय मन्त्रिपरिषद् गठन


 


काठमाडौं, फागुन ४
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज विहान विशेष समारोहकाबीच उनलाई प्रदेश प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् ।

गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भएपनि काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि आज शपथ लिएका हुन् ।

शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री गुरुङको सिफारिसमा गोरखाबाट प्रदेशसभामा निर्वाचित एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

मन्त्री बस्नेतलाई उनले शपथ समेत खुवाइसकेका छन् । माओबादीले भने अझै मन्त्री बन्नेको नाम दिन सकेको छैन ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्