सुनको मूल्य लगातार बढ्दै, कति छ आज ?


 


काठमाडौं, फागुन ४

नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ । आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै चाँदी तोलामा १० रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्