ओलीलाई कसले दियो सबैभन्दा पहिले शुभकामना ? मोदीको फोन १० बजेपछि


 


काठमाडौं, फागुन ४
विहीबार दास्रो पटक प्रधानमन्त्री हुँदै ४१ औं प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिरेका केपी शर्मा ओलीलाई सबैभन्दा पहिलो शुभकामना बंगलादेशबाट आएको छ ।

माओवादीको समर्थनमा १८ महिनापछि सिंहदरबारमा फर्किएका ओलीलाई बधाई दिने पहिलो राष्ट्र बंगलादेश बनेको हो । साथै उसले नवनियुक्त प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो समेत दिएको छ ।

भारतीय र चिनियाँ राजदूतले राष्ट्रपति निवासमा आयोजित शपथग्रहणमै शुभकामना दिए भने अमेरिकी राजदूतले ट्वीटरमार्फत ओलीलाई बधाई दिएका छन् ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई राति १० बजे बधाई दिएका छन् । मोदीले यसअघि बहुमतसहित निर्वाचनमा विजयी भएलगत्तै ओलीलाई भावी प्रधानमन्त्रीको समेत शुभकामना दिएका थिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्