राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्न आयोगको प्रस्ताव, दलहरुको सहमतिमा मिति तय


 


काठमाडौं, फागुन ४
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रतिको चुनाव गर्नका लागि राष्ट्रिय दलहरुसंग छलफल गरेको छ । आयोगले आगामी फागुन २१ गते राष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सरकारसँग परामर्श गरेर केही दिनभित्रै चुनावको कार्यतालिका घोषणा गर्ने तयारी आयोगको छ ।
दलहरुले पनि आयोगको प्रस्तावमा सहमति जनाएका छन् ।

त्यस्तै, आयोगले उपराष्ट्रपतिको चुनाव चैत १ गते प्रस्ताव गरेको छ । तर, दलहरुले पनि चैत ३ गते उपयुक्त हुने सुझाव दिएका छन् ।
तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसद् र प्रदेशसभा गरी कुल ८८४ मतदाता हुनेछन् ।

राष्ट्रियसभा र प्रतिनिधि सभा गरी ३३४ र प्रदेशसभाका ५५० सदस्य निर्वाचित भइसकेका छन् । निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्