किन गएन माओबादी सरकारमा ? यस्तो छ कारण


 


काठमाडौं, फागुन ४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटकको सत्तायात्रा माओवादी केन्द्र सत्ता नगएपछि पहिलो दिन नै ‘खल्लो’ रह्यो ।

माओवादी केन्द्रले तत्काल सरकारमा नजाने निर्णय गरेपछि ओलीले आफूसहित तीन सदस्यीय मन्त्रीमण्डल बनाउँदै दोस्रो पटक सरकारको यात्रा थालेका छन् । अन्नपूर्णमा खबर छ ।

दुई पार्टी एक हुन लागेको अवस्थामा माओवादी केन्द्रले एकता प्रक्रिया र सरकारमा जाने कुरालाई प्याकेजमै टुंग्याउने भन्दै तत्काल सरकारमा मन्त्री नपठाउने निर्णय गरेपछि ओलीले बिहीबार सानो आकारको मन्त्रीमण्डल बनाए ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया बुधबारै अन्तिम चरणमा पुगेको थियो । दुई दलका नेताले पटक पटक छलफल गरेपछि एकताप्रक्रियालाई अन्तिम रुप दिँदै त्यसलाई लिपीवद्ध पनि गर्न थालेका थिए ।

यहीबीचमा चितवनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपत्यकबाहिर रहेका दुवै पार्टीका नेतालाई काठमाडौँ बोलाइएको थियो । नेता नेपालले चितवनमा दुई नेता मिल्दैमा पार्टी एकता हुन नसक्ने कडा प्रतिक्रिया पनि दिएका थिए ।

जनताको बहुदलीय जनबादले दुई पार्टीबीच एकता त टर्यो‍ नै ओलीले सरकारमा पनि तत्काललाई एक्लै यात्रा गर्नुपर्यो‍ ।
तर, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैचारिक नीतिमै कुरो नमिलेका कारण एकता अड्किएको बताए ।

प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्