प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन


 


विराटनगर, ३ फागुन
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम चार जना मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानून, इन्द्रबहादुर आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना, जीवन घिमिरेलाई सामाजिक विकास र जगदीश कुशियैतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले भौतिक तथा पूर्वाधार, भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नुभएको छ ।

नवनियुक्त मन्त्रीको शपथ

मुख्यमन्त्री राईको शपथ ग्रहणलगत्तै प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालालगायत उच्चपदस्थ कर्मचारी, वरिष्ठ सुरक्षा अधिकारी, प्रदेशसभा सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्