प्रधानमन्त्री ओलीद्वारा सपथग्रहण, तीन सदस्यीय मन्त्रिमण्डल गठन


 


काठमाडौं, फागुन ३
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

ओलीलाई आज विहान मात्रै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिएका हुन् ।

त्यस्तै, नवनिर्वाचित प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद्गसमेत ठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री र थापा महिला तथा बालबालिका मन्त्री भएकी छन् । दुबै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्