देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्वारा राजीनामा


 


काठमाडौं, फागुन ३
नयाँ सरकारको गठन प्रक्रिया सुरु भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् ।

देशबासीलाई सम्बोधन गर्दै देउवाले राजीनामा दिने घोषणा गरेका हुन् । आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसामू दाबी पेश गरिसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्