नयाँ प्रधानमन्त्रीको आजै शपथको सम्भावना 


 


काठमाडौं, फागुन ३

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेपछि आजै नियुक्ति गरिने र सपथग्रहण पनि गराइने सम्भावना बढेको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सकेसम्म आजै ४ बजे शपथ ग्रहण हुने सम्भावना रहेको बताउनुभयो । सरकार गठनको प्रक्रिया अघि बढेकाले राष्ट्रपतिको पाथीभरा महोत्वसमा जाने आजको कार्यक्रमसमेत स्थगन भएको छ ।

यसअघि विहान वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।

एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्