शीतल निवास पुगेर ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस


 


काठमाडौं, फागुन ३
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसामू नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीतल निवास पुगेका ओलीले राष्ट्रपतिसामू पुगेर दाबी पेश गरेका हुन् ।
वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

जसमध्ये पहिलो तीन वर्ष एमाले अध्यक्ष ओली र पछिल्लो दुई वर्ष माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्