देउवाले यसरी दिँदैछन् आज राजीनामा


 


काठमाडौं, फागुन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएपछि मन्त्रिपरिषदको अन्तिम निर्णय बस्दैछ। अहिले बिहान ९ बजे मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्वोधन गर्दै राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको औपचारिक निर्वाचन परिणाम आइसकेपछि उनले राजीनामाको निर्णय लिएका हुन्। हिजो नै सम्वोधनसहित राजीनामा दिने तयारी गरेपनि अन्तिम समयमा रोकिएको थियो।

माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

दउवाले तीनै तहको निर्वाचन गरेर विगतमा विग्रिएको छवी केही सुधारे पनि अन्त्यमा आएर विभिन्न निर्णय गर्दै राज्यमाथि आर्थिक व्ययभार थपेको भन्दै आलोचना समेत भएको छ । देउवा चौथो पटक प्रधानमन्त्री बन्दै विदा हुन लागेका हुन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्