भारतलाई सफलताः अत्यधिक खोजीमा रहका आतंककारी नेपाल-भारत सीमाबाट पक्राउ


 


नयाँ दिल्ली, फागुन ३

भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ ।

अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल — भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन् ।

“खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भन्नुभयो ।

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्