काठमाडौंमा भूकम्प दोहोरियो भने कति हुन्छ क्षति ? यस्तो देखायो अध्ययनले


 


काठमाडौं, फागुन ३
तीन बर्षअघि गोरखा केन्द्रबिन्दु भएकर गएको ७।८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ ।

यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । कारोबारमा खबर छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्याकंन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।

तीन बर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दाहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ ।

समाचारमा लेखिएको छ, यसअघि पनि विभिन्न दातृ संस्थाहरुले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्