आज राजीनामा दिने प्रधानमन्त्रीको तयारी


 


काठमाडौं, फागुन २
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाए प्रधानमन्त्रीले राजीनामा दिने छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पहिले निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रिपतिलाई बुझाए मात्रै प्रधानमन्त्रीको राजीनामा आउने बताए ।

निर्वाचन आयोगले पनि आज निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्