समानुपातिक सांसदले मन्त्री बन्न पाउने कि नपाउने ?


 


काठमाडौं, फागुन १
राष्ट्रिय जनता पार्टी (राजपा) मा समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद चर्केको छ । प्रदेश २ मा मधेसी जनअधिकार फोरम र राजपाले सरकार बनाउने गृहकार्य अघि बढाएसँगै यो विवाद सतहमा आएको हो । आजको कान्तिपुरमा खबर छ ।

राजपाका महासचिव केशव झाले यही विवादका कारण बिहीबार मुख्यमन्त्रीको शपथसँगै गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिए ।

फोरम र राजपाबीच माघ २६ गते मुख्यमन्त्रीसहित चार मन्त्रालय फोरम र सभामुखसहित तीन मन्त्रालय राजपाले लिने सहमति भएको थियो ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकाले समानुपातिक सांसदलाई तत्काल मन्त्री बनाउन नहुने प्रस्ताव पार्टीमा राखेका छन् । तर, अध्यक्ष मण्डलका सदस्यमध्ये राजकिशोर यादव र अनिल झाले त्यस प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्