प्रदेश नं १ मा सरकार गठनको तयारी शुरु


 


विराटनगर, १ फागुन
प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले) को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाउनुभयो ।

प्रदेश नं १ मा नेकपा (एमाले)को स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा एमालेको मात्र ५१ सदस्य छन् । यसबाहेक माओवादी केन्द्रको १५ प्रदेशसभा सदस्य छन् ।

एमालेले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नुहुनेछ ।

फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्