यस्तो छ आज सुनचाँदीको मूल्य


 


काठमाडौं, फागुन १
नेपाली बजारमा आज सुनको मूल्यमा घटबढ भएको छैन । आज सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्