कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम फेरिदै, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम
काठमाडौं, फागुन १
पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ गतेसम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्याएको छ।
विद्यालय तहको शिक्षालाई व्यवहारिक र कानुनसम्मत बनाउन केन्द्रले तयारी अन्तिम चरणमा पुर्याएको छ । शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो।
ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, नौ र १० माध्यमिक तथा कक्षा ११ र १२ लाई उच्चमाध्यमिक तहसहितका पाँचवटा संरचना थियो।
संशोधित ऐनले कक्षा एकदेखि आठसम्म आधारभूत र नौदेखि १२ सम्मको शिक्षालाई माध्यमिक भनेको छ।
अन्तिम स्वीकृति पाएपछि पहिलो चरणमा कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिएको छ । त्यसपछि कक्षा एकदेखि सुरु गरिने छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार