एकीकृत पार्टीको नाम के राखिदैछ ?


 


काठमाडौं, फागुन १
नेकपा एमाले र माओबादी केन्द्र मिलेर बन्ने पार्टीको नाम पनि के राख्ने भन्ने विषयमा सहमति भएको छ । समहतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

पार्टी एकतालाई पनि भव्य रुपमा गरिने र पाँच लाख नेता कायृकर्ता गराउने तयारी पनि भएको छ । यस्तै, दुई पार्टीका अन्य नेताहरुको पदीय व्यवस्थापनका लागि पनि पदीय बाँडफाँट समिति गठन गरिने सहमति भएको छ ।

उक्त समितिको गठन पनि एकता संयोजन समितिले नै गर्नेछ । पार्टी एकताको घोषणा पनि भव्य बनाउने सहमति पनि दुई अध्यक्षबीच भएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्