अन्ततः एमाले–माओबादीबीच एकताको टुंगो, यसरी हुने भयो आलोपालो नेतृत्व


 


काठमाडौं, फागुन १
अन्ततः एमाले–माओबादी केन्द्रबीच पार्टी एकताको टुंगो लागेको छ । लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको हो। आजको अन्नपूर्णमा खबर छ ।

दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ ।

एकतालाई औपचारिकता दिन मात्रै बाँकी छ । पदीय बाँडफाँटको औपचारकि टुंगो भोलि बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

हिजो ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक स्रोतकाअनुसार दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ ।

यसलाई औपचारिकता दिन एकता संयोजन समितिको बैठक डाकिएको छ । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् ।

आज पनि ओली र दाहालबीच फेरि एक चरण ‘वाण्न टु वान’ छलफल हुने भएको छ । सुरुमा साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्