पार्टी एकताबारे जनार्दनको खुलासा: यस्तो बन्दैछ नयाँ ढाँचा


 


बिर्तामोड, माघ २९

नेकपा (माओवादी केन्द्र) सचिवालय समिति सदस्य जनार्दन शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली दुवै पार्टीको अध्यक्ष रहने गरी ढाँचा बनाएर भए पनि केही दिनभित्रै पार्टी एकता हुने बताउनुभएको छ ।

बिर्तामोडमा प्रेस सेन्टर झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी नेता शर्माले आइतबार भएको दुवै पार्टीको शीर्ष नेतृत्वको बैठकले समेत पार्टी एकतालाई छिट्टै टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो ।

एकताको ढाँचालाई संयोजन समितिमार्फत एक दुई दिनमै टुंग्याइने र सरकार निर्माणको प्रक्रियामा अगाडि बढ्ने गरी सहमति भएको उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्