सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, माघ २९
बजारमा आज सुनको मूल्य केही बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्