आफ्नै ठाउँको विजुली नपाएपछि स्थानीयले दिए यस्तो चेतावनी
दार्चुला, माघ २९
दार्चुलाको शैल्यशिखर नगरपालिका वार्ड न ४ बलाँचस्थित चमेलिया जलविद्युत् आयोजनाको ११ वर्षपछि निर्माण सम्पन्न भई शनिबार उद्घाटन गरिएको छ। ११ वर्षपछि निर्माण सम्पन्न गरिएको चमेलियाको बिजुली दार्चुलाबासीले भने अहिले बाल्न नपाउने भएका छन्।
आफ्नै भूभागबाट बगेको चमेलियालाई छेकेर उत्पादन गरिएको विद्युत् बाल्न नपाएपछि दार्चुलाबासीलाई उक्त आयोजना ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ। अन्नपूर्णमा खबर छ ।
आफ्नै जिल्लामा उत्पादन भएको बिजुली बाल्न नपाएपछि उत्पादन बन्द गरिदिने उनीहरूले चेतावनीसमेत दिए।
आयोजनास्थलमा दार्चुला र बैतडीका लागि निर्माण गरिएको सब स्टेसनबाट प्रसारण लाइन बिस्तार हुन नसकेकाले दार्चुला र बैतडीका स्थानीयले चमेलियाको बिजुली बाल्न नपाउने भएका हुन्।
प्रकाशित मिति: २९ माघ २०७४, सोमबार