प्रदेश १ को सभामुखमा प्रदीप भण्डारी उम्मेदार


 


बिराटनगर, माघ २८
प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखको लागि नेकपा एमालेले प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ । सुनसरी १ ‘क’ बाट निर्वाचित सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आजै उम्मेदवारी दर्तासमेत गरिएको छ भने भोलि निर्वाचन हुने संसद सचिवालयले जनाएको छ । भण्डारी एमालेको धरान उपमहानगरपालिका इन्चार्ज र सुनसरी जिल्ला सचिवालय सदस्यसमेत हुन् ।

उनी ४ वर्षअघि शिक्षण पेशामा आबद्ध थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार प्रदेश १ मा सभामुख र मुख्यमन्त्री एमाले नै रहनेछन् । उपसभामुख भने नेकपा माओवादी केन्द्रबाट हुनेछ ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्