सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, माघ २८
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । आज पनि सुनको मूल्य प्रतितोला ५६ हजार आठ सय रुपैयाँ नै छ । शुक्रबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला सात सय ३५ रुपैयाँमा नै छ । शुक्रबार पनि चाँदी यही मूल्यमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्