खुकुरी प्रहार गरी श्रीमतीको हत्या


 


मोरङ, माघ २८
मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्