७ मध्ये ६ प्रदेशका मुख्यमन्त्री निश्चित, कुन प्रदेशमा को ?


 


काठमाडौ, माघ २८
देशका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा भावी मुख्यमन्त्रीको नाम करिब तय भएको छ । दुई नम्बर प्रदेशमा मधेशी दलबाट मुख्यमन्त्री हुँदैछने भने बाँकीमा वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री हुँदैछन् ।

बहुमत रहेको प्रदेश ४ मा भने एमालेले अझै संसदीय दलको नेता चयन गरेको छैन । गोर्खापत्र दैनिकमा खबर छ । प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत र ३ मा डोरमणि पौडेल मुख्यमन्त्री हुने निश्चित भएको छ ।

प्रदेश ४ मा भने अझै टुंगो लाग्न सकेको छैन । ५ नम्बर प्रदेशमा शंकर पोखरेल, ६ मा महेन्द्र शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री हुने निश्चित छ ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हुँदा मुख्यमन्त्रीको भावी नेतृत्व पनि दलको नेता चयनसँगै टुंगो लागेको छ ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्