प्रहरीकै मिलोमतोमा यसरी मौलायो तस्करी


 


रौतहट, माघ २८
भारत संग सिमा जोडिएको रौतहटको नाका भएर दैनिक बस्तुहरुको अबैध आयात हुँदै आएको छ । जिल्लाका प्रशासन र प्रहरी प्रमुखहरुले तस्करीको रुट ईजाजत दिएपछि तस्करीले तिब्रता पाएको हो ।

मुलुकमा राजनैतिक तरलताको फाइदा उठाउँदै प्रहरी प्रशासनको मिलोमतोमा रौतहटका कारोबारीले बस्तुको अबैध तबरले खुलेयाम आयात र निर्यात गर्दै आएका छन । समाचार पत्रमा खबर छ ।

भारतसंग सीमा जोडिएको रौतहटको २६ किलोमिमटरको सिमा क्षेत्रको मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, बकैया खोलाको वगर, बन्जरहा, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल, र सिमावर्ती वाराको कचोर्वा नाका भएर ठूलो परिमाणमा सामानहरुको तस्करी बढेको छ ।

प्रहरी प्रशासनहरुले तस्करीको कारोबारीहरु संग आर्थीक लाभ लिएर पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौ मूल्यका बस्तुहरु दैनिक नेपाल भित्रयाईरहेका छन ।

नेपालबाट सुपारी, मरिच, सुकमेल, लोवाँग, फेयर एण्ड लभली, शिखर चुरोट, पान मसला गुटखा, मदिरा, डिजेल पेट्रोल लगायतका सामानहरु उक्त नाकाहुदै भारत तर्फ निर्यात हुदै आएको छ भने सिमापारी भारतबाट सिमेन्ट, साडी, सर्टपाइन्टको कपडा, रेडिमेट लेडिज सुट, पारचुनका सामान, मोटरपार्टस, चिनी, चामल, दाल लगायत दैनिक उपभोग्यका सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस, स्टिल र प्रतिबन्धित कुखुराको चल्ला, लागु औषध सहितका सामानहरु आयात हुने गरेको जानकारहरु बताउछन ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्