प्रदेश नं १ मा को बन्दैछ सभामुख ?


 


विराटनगर, माघ २६
प्रदेश नं १ मा एमाले पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्री बन्ने पक्कापक्की भएपछि प्रदेश सभामुखका लागि चर्चा शुरु भएको छ ।

यहाँ माघ २९ गते सभामुखको निर्वाचन हुँदैछ । सभामुखको उम्मेदवार बनाउन यहाँ एमालेको आइतबार संसदीय दलको बैठक बस्दैछ ।

बैठकबाट एमालेले सभामुखको उम्मेदवार बनाउने बताएको छ । मुख्यमन्त्री जनजाति भएपछि अन्य समुदायबाट सभामुख बनाउने तयारी रहेको बुझिएको छ ।

एमालेका एक प्रदेश सांसदका अनुसार मुख्यमन्त्री र सभामुख फरक समुदायको हुने बताए ।

सभामुखका लागि सुनसरीका जगदिश कुसियत, प्रदीप भण्डारी, मोरङका जिवन घिमिरे, संखुवासभाका तुलसी न्यौपाने, झापाका हिक्मत कार्कीमध्येबाट एक हुने स्रोतले जनाएको छ ।

वाम गठबन्धनको भागबण्डा अनुसार यहाँ एमालेले मुख्यमन्त्री र सभामुख पाएको छ भने माओवादी केन्द्रले उपसभामुख पाएको छ ।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्