त्रिशुली जिप दुर्घटना : किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते


 


मलेखु, धादिङ, २७ माघ
शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ ।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।

टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो ।

सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए ।

उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडाँैस्थित नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताउनुभयो ।

सिँचाइ मन्त्रालयका सचिव यादव उहाँको घर कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैँले हाँकेको बा २ झ ३१४० नं को जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा सचिव यादवको मृत्युभएकोमा उहाँको शव विहानै निकालिएको थियो । दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै बेपत्ता छन् ।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्