तराईका जिल्लामै हावाबाट विद्युत् उत्पादनको तयारी, बाँकेमा सुरु भयो काम


 


बाँके, माघ २७
खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।

करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताउनुभयो ।

खजुरामा पाँच महिनाअघि हावाको गति मापनका लागि ८० मि अग्लो टावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन गरिरहेको छ ।

दुई वर्षका अवधिमा पटक पटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एक पटक हावाको गतिका बारेमा जानकारी लिइसकिएको इञ्जिनीयर यादवले बताउनुभयो । हावाको गति मापनका लागि पंखासहितको टावरमा सफ्टवेयर राखिएको छ ।

यादवले भन्नुभयो, “दुई वर्षसम्म प्राप्त हुने तथ्यांकका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुन्छ ।” तराईका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । रासस

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्