सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता


 


धादिङ, माघ २७
सिचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

कपिलबस्तुबाट काठमाडौँ जाँदै गरेको बा २ झ ३१४० नम्बरको जिप शनिबार विहान ३ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र एक जना आफन्त बेपत्ता भएका इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

घाइते भएका गाडीका चालक नीरन्जन यादवलाई भने उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक संजय तिमल्सिनाले जानकारी दिए।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्