राष्ट्रियसभाका लागि तीन जना सिफारिस, को–को परे ?


 


काठमाडौं, माघ २७
सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंका चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुनुहुन्छ । यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुनुहुन्छ भने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुनुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्