प्रदेश नं १ : मतदान नै गर्न नजान्ने यी कस्ता माननीय !


 


विराटनगर, माघ २६

नेकपा एमाले प्रदेश १ को संसदीय दलको निर्वाचनमा राजन राईको मत बदर भएको छ । खोटाङ प्रदेशसभा क बाट निर्वाचित सांसद राईले प्रदेश संसदीय दलको चुनावमा लगाएको मत बदर भएको हो ।

उनले मतपत्रमा कुनै एक उम्मेदवारलाई मत नदिई हस्ताक्षरमात्र गरेका कारण बदर भएको एमाले नेता जगदिश कुसियतले बताए । ठिक चिन्ह लगाउनु पर्नेमा हस्ताक्षरमात्र गरेको कारण मत बदर भएको हो ।

राईले गुटगत हिसावमा भिम आचार्यलाई मत हाल्न खोज्दा भुलबस हस्ताक्षर भएपछि अर्को मतपत्र माग्दा नियम अनुसार पुन नपाएपछि शेरधन राईको कोलममा ठिक चिन्ह हालेका थिए ।

अरुले मत हालेर जिताएको सांसदले नै मत हाल्न नजान्नु आश्चर्य जनक रहेको छ । एमाले बैकल्पिक केन्द्रीय सदस्य जतिकोले नै मत बदर गरे पछि उनी निर्वाचीत क्षेत्रका जनताले के आस गर्ने प्रश्न यत्र तत्र रहेको छ ।

पार्टीे भित्रको सन्तुलनमा राई माधव नेपाल पक्षका हुन् । उनले जानाजान मत बदर गरेको चर्चा एमाले वृत्तमा चलेको छ ।

भीम आचार्यलाई मन नपराउने माधव नेपाल पक्षका सांसदमध्ये कम्तीमा ५ जनाले शेरधन राईलाई मत दिए भने राजन राईले मतै बदर गराएको आशंका छ ।

चुनाव जित्ने शेरधन राईले २६ मत पाउँदा आचार्यले २४ मत पाए । एक मत बदर भएको थियो । कुल ५१ जना एमाले सांसदमध्ये ५० मत सदर थियो ।

प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्