फेरि ह्वात्तै घट्यो सुनको मूल्य


 


काठमाडौं, माघ २५
केही दिनदेखि सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । मूल्य एक दिनमै ह्वात्तै घढ्ने र बढ्ने भइरहेको छ ।

आज पनि सुनको मूल्य ह्वात्तै घटेर प्रतितोला ५६ हजार छ सय रुपैयाँ पुगेको छ । हिजा सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय ३५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्