प्रदेश नम्बर ३ को नाम के राखिदैछ ? यस्ता छन् प्रस्तावित दुई नाम


 


काठमाडौं, माघ २५
प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् । नयाँ पत्रिकामा खबर छ ।

एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने बताउँदै आएका छन् ।

तर माओवादी केन्द्र र कांग्रेस–एमालेका तामाङ र नेवार समुदायबाट प्रतिनिधित्व गर्ने सांसद् भने जातीय पहिचान झल्कने गरी प्रदेशको नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रकाशित मिति: २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्