उपेन्द्र यादवले गरे नयाँ उद्घोष, ओलीसामू यस्तो शर्त


 


काठमाडौं, माघ २५
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले राखेको शर्त पूरा गरे सरकारमा सहभागी हुने उद्घोष गरेका छन् ।

राजधानीस्थित एक रेडियो अन्तर्वाताका क्रममा बोल्दै उनले शर्तसहित बाम गठबन्धनको सरकारमा सहभागि हुने स्पष्ट पारेका हुन् ।

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर आफ्नो दल सरकारमा जान चाहेको यादवले स्पष्ट पारेका छन् । यादवले सरकारमा सहभागि हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि स्पष्ट पारेका छन् ।

“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ ।” यादवले भने । जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड दिएका छन् ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर नै सरकार बनाइने यादवले बताएका छन् । मुख्यमन्त्री आफ्नो दलबाट लालबाबु राउतलाई बनाइने र सभामुख राजपालाई दिने यादवको भनाई थियो ।

प्रकाशित मिति: २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्