माओबादी केन्द्रले टुङ्ग्यायो प्रदेश नम्बर ६ को मुख्यमन्त्री, शाही सर्बसम्मत


 


काठमाडौं, माघ २४

नेकपा माओबादी केन्द्रले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको विवाद टुंगो लगाएको छ । पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो ।

कालीकोट प्रदेश (ख) बाट निर्वाचित शाहीको नाममा पूर्व गृहमन्त्रीद्वय जनादर्शन शर्मा, शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माबीच भएको छलफलले मुख्यमन्त्रीको टुंगो लगाएको हो । यद्यपि, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।

यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन । मुख्यमन्त्रीको भन्नेबारे विवाद बढेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा र शक्ति बस्ने सुर्खेत पुगेका थिए ।

माआबादी केन्द्रको भागमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री परेको छ । प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट निर्वाचित त्रिलोचन भट्ट यसअघि नै सिफारिस भइसकेका छन् ।

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्