बालिका बलात्कार प्रकरण : एसपी र इन्सपेक्टर पनि मुछिए


 


काठमाडौं, माघ २४
इटहरीको रिसोर्टमा भएको बालिका बलात्कार प्रकरणमा प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको लागि गृहमन्त्रालयमा पत्र पठाएको छ।

पुस १६ गतेको बलात्कार घटनाका पीडकलाई मिलापत्र गराएर छाडेको भन्दै छानबिनका लागि एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बनको माग गर्दै मंगलबार गृहमन्त्रालयमा पत्र पठाएको हो। आजको आजको अन्नपूर्णमा खबर छ ।

घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ।

समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्र पठाएको हो।

१४ वर्षिया बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको थियो ।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका थिए ।

ती बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए । तर मुद्धा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो ।

इटहरी –२० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ । यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन् ।

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्