फेरि थपिए शहीद, देउवाले यसरी छोपे मौका


 


काठमाडौं, माघ २३
विगतका सरकारले राज्यपक्षबाट मारिएका सबैलाई सहिद घोषणा गरेकाले देउवा सरकारले यसपटक सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीबाट मारिएका सबै कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गर्ने निर्णय गरेको छ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट मारिएका नेपाली सेना, जनपद र सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारी, निजामती कर्मचारी, शिक्षकलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।आजको अन्नपूर्णमा खबर छ ।

कर्मचारी तहबाट माओवादी विद्रोहीबाट मारिएकालाई सहिद घोषणा गर्नुपर्ने माग उठिरहेको थियो। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले विद्रोहीबाट मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए।

तत्कालीन विद्रोहीबाट मारिएका कर्मचारीको संख्या भने यकिन छैन। मन्त्रिपरिषद् बैठकले सबैको रेकर्ड खोज्ने र उनीहरूलाई स्वतः सहिदको सूचीमा राख्ने गरी नीतिगत निर्णय गरेको छ।

विगतका सरकारले राज्यपक्षबाट मारिएका सबैलाई सहिद घोषणा गरेकाले हामीले पनि विद्रोहीबाट मारिएका सबै राष्ट्रसेवकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई न्याय दिएका छौं’, मन्त्री बस्नेतले अन्नपूर्णस“ग भने।

सरकारको यो निर्णयसँगै अब गृह मन्त्रालयले द्वन्द्वमा मारिएका सबै कर्मचारीको तथ्यांक संकलन गर्नेछ। सहिद घोषणासँगै मृतकका परिवारले राहतस्वरूप १० लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति: २३ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्