पत्रकार रिमाल पुरस्कृत


 


विराटनगर, २२ माघ

नेकपा(एमाले)का नेता शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले बीसौँ प्रेस चौतारी दिवसका अवसरमा कृष्णप्रसाद सिग्देल स्मृित प्रतिष्ठानद्वारा स्थापित ‘युवा पत्रकारिता पुुरस्कार’ आइतबार यहाँ वितरण गर्दै सो कुरा बताउनुभएको हो ।

नेता राईले स्थानीय उद्घोष दैनिकमा कार्यरत पत्रकार कमल रिमाललाई ढाका टोपी पहिराई रु ११ हजार १११ राशिको उक्त पुरस्कारबाट सम्मानित गर्नुभयो ।

नेकपा (एमाले) मोरङ अध्यक्ष विनोद ढकालले राससलगायत सरकारी सञ्चारमाध्यमलाई प्रदेशको ढाँचाअनुसार सुदृढ गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी मोरङका अध्यक्ष  रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष लीलाराज भट्टराई र यज्ञ शर्माले पुरस्कृत रिमालको व्यतित्वका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्