प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते


 


पोखरा, २२ माघ

प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

यहाँ सभामुख माओावादी केन्द्र र उपसभामुख एमालेले लिने सहमति भएको छ ।

मुख्यमन्त्री एमालेको भागमा परेको छ भने पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्