कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, माघ २२
बजारमा आज सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । आज पनि सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । हिजो मात्रै सुन तोलामा छ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि हिजो मात्रै तोलामा १५ रुपैयाँ घटेको थियो ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्