विद्या भण्डारीको राष्ट्रपतिमा दोहोरिने इच्छा, ओली–दाहाललाई ‘लन्च’


 



काठमाडौं, माघ २२
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एक पटक राष्ट्रपतिमा दोहोरिने इच्छा व्यक्त गरेकी छन् । उनले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । आजको अन्नपूर्णमा खबर छ ।

शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे।

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् ।

उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्