कर्मचारीले गरे कार्यालयमै आत्महत्या


 


तुलसीपुर, दाङ, २१ माघ
लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

थापाले किन आत्महत्या गरे खुल्न सकेको छैन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्