सुनको भाउ ह्वात्तै घट्यो, किन्ने होइन ?


 


काठमाडौं, माघ २१
साताको पहिलो दिन पहेलो धातु अर्थात सुनको मूल्य ह्वात्तै घटेको छ । केही दिनदेखि लगातार उकालोमा रहेको सुन आज आइतबार भने छ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्