आज चारवटा प्रदेशको पहिलो प्रदेशसभा बैठक, यस्ता छन् साझा कार्यसूची


 


sdr

काठमाडौं, माघ २१

आज एकै दिन प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै छ । मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक पदेशसभाहरुको ऐतिहासिक बैठक बस्न लागेका हुन् ।

जसमा आज प्रदेश २ को जनकपुरधाम, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश नम्बर ३ को अधिवेशन १८ गतेदेखि नै सुरु भइसकेको छ । प्रदेश ४ को बैठक सोमबारका लागि बोलाइएको छ ।

बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् । सबै प्रदेशसभाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षभित्र पनि ३० जना मर्यादापालकलाई खटाउने तयारी गरिएको छ ।

यस्ता छन् साझा कार्यसूची
बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ ।

शहीदको सम्झनामा मौन धारण गर्ने, राजनीतिक दलहरुका प्रतिनिधिहरुले सम्बोधन गर्ने, त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।

 

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्